गायक एड्रियन प्रधानको स्वरमा 'अल्झिने छैन' बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। सञ्जय आचार्यको शब्द र संगीतमा तयार पारिएको गीतको भिडिओमा गायक एड्रियन स्वयं फिचर्ड छन्।
प्रज्वल राज प्रधानको संगीत संयोजनमा बनेको यो वियोगात्मक प्रेम गीत हो। संजित श्रेष्ठले निर्देशन गरेको यो गीतलाई उनी आफैंले खिचेका हुन्। भिडिओ बिजेश पौडेलले सम्पादन गरेका छन्।
गीत संगीतकार तथा गीतकार सञ्जय आचार्यको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।