अहिले बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसका प्रशंसक यी दुईको सम्बन्धलाई लिएर अलमलमा छन्।
प्रियंकाले इन्स्टाग्राममा आफ्नो नामबाट श्रीमान् निकको थर हटाएलगतै सामाजिक सञ्जालमा उनीहरुको सम्बन्धविच्छेदबारे हलचल मच्चिएको छ।
केही समयअघि मात्रै तलेगु फिल्म क्षेत्रका चर्चित जोडी सामान्था र चैतन्यको सम्बन्धविच्छेद घोषणा भएपछि बलिउड प्रशंसक अब प्रियंका र निकको सम्बन्धबारे चिन्ता गरिरहेका छन्। उनीहरुको सम्बन्धको विषय अहिले ट्विटरमा टे«न्डिङ भइरहेको छ।
प्रियंकाको सो कदमपछि धेरैले उनी र निकबिच खटपट भएको आशंका गरेका छन्। यसले उनीहरुको तीन वर्षको वैवाहिक जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने अनुमान छ।
प्रियंका र निक साच्चै सम्बन्धविच्छेद गर्दैछन्?
प्रियंकाकी आमा मधु चोपडाले यो कुरा हावादारी भएको र यस्ता हल्ला नफैलाउन भनेकी छिन्। तै प्रियंकाले आफ्नो नामबाट किन जोनस थर हटाइन् भन्नेबारे अझै प्रशंसकबिच खुलदुली छ।
बलिउड लाइफका अनुसार प्रियंकाले यसरी जोनस थर हटाएर आफ्नो श्रीमान निक वा उनका फ्यानलाई जिस्काइरहेकी हुन्।
यही बुधबार नेटफ्ल्क्सिमा जोनस दाजुभाइको नयाँ कार्यक्रम ‘जोनस ब्रोदर्स फ्यामेली रोस्ट’ रिलिज हुन लागेको छ। जोनस परिवारको हरेक प्रोजेक्ट प्रोमोट गर्ने विषयमा प्रियंका सधैँ सक्रिय छिन्। उनले यसअघि पनि यो नयाँ कार्यक्रमबारे पोस्ट गरिरहेकी थिइन। आफ्नो नामबाट जोनस थर हटाउनु पनि यसैको लागि एउटा स्टन्ट हुनसक्ने अनुमान छ।
सम्बन्धविच्छेदबारे हल्ला चलिरहँदा प्रियंकाले श्रीमान निकको फोटोमा गरेको कमेन्टले पनि यो विषयलाई अलि शान्त बनाएको छ।
सोमबार निक जोनसले आफ्नो इन्स्टाग्राममा जिम गरेको भिडियो पोस्ट गरेका थिए। भिडियोमा प्रियंकाले निकको शरीरको तारिफ गरेकी थिइन्।
यसले यी जोडी तत्काल आफ्नो वैवाहिक जीवन अन्त्य गर्ने सुरसारमा नरहेको देखिन्छ।
प्रियंका र निकले यो वर्षको दिपावली आफ्नो अमेरिकास्थित घरमासँगै मनाएका थिए। दिपावलीको फोटोहरुमा पनि उनीहरु एकअर्कासँग खुसी देखिन्थे।
यससँगै हाल प्रियंका आफ्नो नयाँ हलिउड फिल्म ‘दि म्यट्रिक्स ४’को प्रचारमा व्यस्त छिन्। यो फिल्म आउँदो डिसेम्बर १२मा रिलिज हुने भएको छ।