बिहीबारदेखि १९ औं काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) सुरू भएको छ।
चलचित्र विकास बोर्डको सभाकक्षमा बिहीबार महोत्सव उद्घाटन भएको हो। भारतीय इञ्जिनियर तथा शिक्षा सुधारक सोनाम वाङचुकको सहभागितामा बिहीबार महोत्सव उद्घाटन गरिएको हो।
सोनाम तिनै व्यक्ति हुन् जसबाट हिन्दी फिल्म 'थ्री इडियट्स' का प्रमुख पात्र फुङसुक वाङ्डुको भूमिका प्रेरित थियो। फिल्ममा यो भूमिका आमिर खानले निर्वाह गरेका थिए।
महोत्सवमा डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, सर्ट फिल्म र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी फिल्म देखाइने छ।
किम्फका फिल्म महोत्सव अवधिभर पाँच दिनसम्म अनलाइनमा हेर्न सकिने छ।