नेपाल भाषाको गीत 'धाय मफुता' सार्वजनिक भएको छ। राजधानीमा बिहिबार कार्यक्रम आयोजना गरी गर्दै ‘धाय मफुता’ को भिडिओ सार्वजनिक गरिएको हो।
मोडलहरु उषा उप्रेती, कविता नेपाली र स्मारिका ढकालले गीतमा नृत्य गरेका छन्। उनीहरुलाई डेलविस, राज, प्रितम क्षेत्रीले साथ दिएका छन्।
गीतमा दीपक नेपालीको शब्द छ। दीपकले आफूले आधा घन्टामा यो गीत तयार पारेको बताए। गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज, अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर छ।
गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोेडलहरुले अभिनय गरेका छन्। भिडिओको निर्देशन माइकल चन्दले गरेका हुन्।
अर्जुन तिवारीको छायांकन रहेको भिडिओमा शिलन लम्सालको सम्पादन छ। कार्यक्रममा बोल्दै कलाकार उषा उप्रेतीले नेपाल भाषाको गीतको भिडियोमा काम गर्न पाउँदा खुशी लागेको बताइन्। कलाकारद्वय डेलविस र राजले परिवार र म्युजिक क्षेत्रको साथ पाएर आफूहरु अगाडि बढेको भन्दै खुशी व्यक्त गरे। कलाकार स्मारिक ढकालले सुरुमा गीतको शब्द नबुझेर काम गर्न गाह्रो भए पनि सबैको सहयोगमा काम गर्न रमाइलो भएको बताइन्।
ट्रि इन्टरटेन्मेन्ट फिल्म निर्माणसँगै गीत-संगीत निर्माणमा सक्रिय छ। यसअघि यो ब्यानरले ‘माया पिरिम’ गीत सार्वजनिक गरेको थियो।