रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारी अहिलेको समयका चर्चित गायिका हुन्। स्रोताहरुले यी तीन गायिकाको स्वर एकै ठाउँमा सुन्न पाउने भएका छन्।
तीन गायिकाले ‘लुम्ले काँडेमा’ बोलको गीत सँगै गाएका हुन्। गीतमा गायक कृष्ण केसीसमेतको स्वर सुन्न पाइन्छ।
गायक केसीकै शब्द तथा संगीतमा तयार भएको यो लोकशैली बनाइएको डान्सिङ गीत हो।
युट्युबमा शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा कृष्ण केसीको निर्देशन छ। मौसम हिमालीको कोेरियोग्राफी रहेकोे भिडियोेमा अनिल के मानन्धरकोे छायांकन, प्रविण भट्टकोे सम्पादन छ।
सुधीर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्रीको डान्स रहेको गीतमा बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएको विषय प्रस्तुत गरिएको छ।