गीतकार हिराकाजी थापा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको 'के छ खबर' को म्युजिक भिडिओ सार्वजनिक भएको छ।
पहिलो नेपाल आइडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको म्युजिक भिडिओ गीतकार थापाले निर्देशन गरेका हुन्। भिडिओमा उषा उप्रेती र सागर खनालले अभिनय गरेका छन्।
भिडिओमा लामो समयदेखि एकअर्काको प्रेममा रहेका एक जोडीको कथा प्रस्तुत गरिएको छ। निर्देशक थापाकै शब्दमा बनेको गीत नागेन्द्र श्रेष्ठको संगीत र राहुल प्रधानको संगीत संयोजनमा तयार भएको हो।
भिडिओको छायांकन सागर प्रधानले गरेका हुन् भने सम्पादन अनिल राना मगरले गरेका छन्। भिडिओमा प्रमोद भण्डारीको कोरियोग्राफी छ।