‘एउटा फूल टिपेर मनमा चढाएँ’ गीतका गीतकार प्रकाशबाबु थापा ‘प्रकाशपुञ्ज’ लाई सर्वोउत्कृष्ट अवार्डबाट सम्मानित गरिएको छ।
४० भन्दा बढी गीत रेकर्डिङ गरिसकेका प्रकाशपुञ्जलाई म्युजिक खबर म्युजिक अवार्डको यो वर्षको संस्करणमा सर्वोउत्कृष्ट गीतकारको अवार्ड दिइएको हो।
गायक आनन्द कार्की, ईन्दिरा जोशी, मिलन नेवार, शर्मिला बर्देवा, सबिना कार्की, धिरज राई, सपनकुमार राईलगायतले प्रकाशपुञ्जका गीतमा स्वर दिएका छन्।
उनका गीत यसअघि पनि शीर्ष पाँचभित्र मनोनयनमा परेका थिए। ‘एउटा फूल टिपेर मनमा चढाएँ’ गीतमा भने राज सागरले स्वर र संगीत दिएका छन्।