‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडिओ सार्वजनिक गरिएको छ।
डान्सिङ शैलीका गीतहरू बजारमा ल्याएर लोकप्रियता कमाइरहेका गायक आशिषकै स्वर रहेको सार्वजनिक मेलोडी गीत सानो-सानो कुरामा सन्तोष सुनुवारको शब्द तथा संगीत सृजना रहेको छ।
शुक्रबार सार्वजनिक गरिएको भिडिओ भारतको आसाममा छायांकन गरिएको हो।
पारिवारिक प्रेम कथामा आधारित रहेको सानो-सानो कुरामा आशिषसँग आसामकी मोडल जुनु नाथको बेजोड अभिनय देख्न सकिन्छ।
भिडिओमा आशिष र जुनलाई भर्खरै विवाह गरेको एक प्रेमील जोडीका रूपमा देखाइएको छ।
उनीहरूबीचको मिस अन्डरस्ड्याण्डिङ भित्रको गहिरो प्रेमलाई कलात्मक शैलीमा भारतीय निर्देशक रिन्तु चौधरीले निर्देशन गरेका हुन्।
फरक शैलीको भिडिओ भएका कारण दर्शक स्रोताले नयाँ स्वाद लिने कुरामा आशिष विश्वस्त छन्। मानस कास्यपको सम्पादन रहेको भिडिओको छायांकन बितुल दासले गरेका हुन्।