द प्रोडक्सन नेपालले नेपाली संस्करणमा ‘शिव ताण्डव’ भजन सार्वजनिक गरेका छ। महाशिवरात्री नजिकैदै गर्दै यसै पर्वलाई लक्षित गर्दै 'शिव ताण्डव' सार्वजनिक गरिएको होI
नेपालमा महाशिवरात्रीलाई धार्मिक पर्वका रूपमा लिइन्छ। ‘शिवको महान रात' महाशिवरात्रीको अवसरमा मानिसहरूमा भएको नकारात्मक कुरालाई हटाई सकारात्मक कुराको प्रत्याभूति होस् भन्ने सन्देशसहित यो भजन सार्वजनिक भएको होI
नेपाली संस्करणको शिव ताण्डवमा सशी विक्रम थापाको स्वर र कम्पोजिसन छ। यसमा शिवको भूमिकामा बेन बस्नेत छन्। भजनको मिक्सिङ कृष्ण पुन र विजय बुढामगरले गरेका हुन्I
शिव ताण्डव गीतको परिकल्पना पुष्कर नन्दन अधिकारी, दिदप्य रिमाल र रुपक पौडयालले गरेका हुन्। शिव ताण्डव जेबी विष्ट र सिद्धार्थ रिमाल ले संयुक्त रूपमा तयार पारेको होI