अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएका छन्।
आगामी वर्ष आफूहरू विवाह गर्ने सृष्टिले सेतोपाटीसँग भनिन्। ‘हामीले सँगै मिलेर अगाडि बढ्ने निर्णय गर्यौं। आगामी वर्ष बिहे गर्छौ’, उनले भनिन्,‘परिवारकै सहमतीमा हामीले बिहे गर्न लागेका हौ।’
अभिनेता सौगातले पनि सृष्टिको कुरामा सहमति जनाए। कोरोना महामारीका कारण विवाहमा ढिलाई भएको भन्दै सौगातले आफूहरू विवाहको तयारीमा लागिरहेको बताए।
परिवारबाट विवाहको स्वीकृति भइसकेको भन्दै सौगातले २०७९ सालमै विवाह हुने बताए।
केही वर्षदेखि सृष्टि र सौगात प्रेममा थिए। बेलायतमा रहेका सृष्टिको बुबाआमाले पनि बिहेका लागि राजी भएका हुन्।
सौगात पछिल्लो समय फिल्म ‘लाखे’ अभिनयरत छन्। उनी अभिनिनित ‘कबड्डी ४’, ‘मन्त्र’ लगायत केही फिल्म प्रदर्शनको तयारी छन्।
सामाजिक कार्यमा बढी ब्यस्त सृष्टिले ‘चिसो एष्ट्रे’ फिल्ममा अभिनय गरेकी छन्। उनको सिनेमा आउदो चैत्रबाट प्रदर्शनमा आउँदैछ।