दक्षिण भारतीय सुपरस्टार प्रभास र पुजा हेग्देको अभिनय रहेको फिल्म ‘राधे श्याम’ रिलीज भएको छ।
‘राधे श्याम’ भारतीय सिनेमाकै महंगो मध्येको एक फिल्म हो।
यो चलचित्र हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन भएको छ।
राधे कृष्ण कुमारको निर्देशनमा बनेको यो फिल्ममा प्रेम र नियतीबीचको द्वन्द्वात्मक कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा प्रभासले ज्योतिषीको भूमिका निभाएका छन्।
सन् १९७० को दशकको कथा भन्ने फिल्ममा थोरै विज्ञानको कथा पनि रहेको छ।
फिल्ममा प्रभास र पूजाबाहेक भाग्यश्री, क्रिशम राजु, सचिन खेदकर र प्रियादर्शीको पनि अभिनय रहेको छ।
प्रभासको बहुप्रतिक्षित फिल्म राधेश्याम रिलीजसँगै अनलाइनमा लीक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
केही वेव साइट्ससँगै टोरेन्टमा फिल्म राधे श्याम एचडी भर्सनमै लीक भएको हो। फिल्म लीक हुनासाथ फिल्मको ब्यापारमा निर्माण पक्षले ठूलो नोक्सान व्यहोर्नेछ।
यो सँगै फिल्मको बक्स अफिस कलेक्सनमासमेत ठूलो असर पर्नेछ।
कोरोना महामारीले थलिएको फिल्म क्षेत्र भर्खर उठ्ने तरखर गरिरहेको छ। यस्तो बेला फिल्म लीक हुँदा लगानीकर्ताले ठूलो क्षति व्यहोर्नुपर्छ।
फिल्मले रिलिज हुनु अगाडि नै २०० करोड भन्दा बढी कमाइ गरिसकेको थियो। आन्ध्रा बक्स अफिसको रिपोर्ट अनुसार फिल्मको थिएट्रिकल राइट्स नै २१० करोड भारतीय रूपैयाँमा बेचेको थियो।
प्रभास तेलुगू सिनेमाका सुपरस्टार हुन्। फिल्मले तेलुगू भाषामा सानदार ओपनिङ गरेको छ। तेलुगू भाषामा फिल्मले पहिलो दिन ३० करोडको आसपास कलेक्सन गरिसकेको छ। यस्तै हिन्दीमा ५ करोडको कलेक्सन गरिसकेको छ।