अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री अभिनित फिल्म ‘कृष्णलीला’ कृष्ण जन्माष्टमीका दिनदेखि प्रदर्शनमा आउने भएको छ।
निर्माण टिमले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति कृष्ण जन्माष्टमीमा अर्थात भदौँ ३ गते तय गरेको हो।
फिल्मलाई ‘रोल्पा रोग’, ‘कुम्भकर्ण’ र ‘पण्डित बाजेको लौरी’ फेम्ड दीपक वली निर्देशन गरेका हुन्।
फिल्ममा युवापुस्ताका दुई पात्रको प्रेमकथामा निर्माण भएको हो। पुष्पले कृष्ण र श्रद्धाले लीलाको भूमिकामा अभिनय गरेका छन्।
पूर्वी नेपालको इलाम र झापामा छायांकन भएको फिल्ममा सस्पेन्स र एक्सन पनि समेटिएको निर्माण पक्षले जनाएको छ।
लक्ष्मण सुवेदीले लेखेको फिल्ममा बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी र हिउँवाला गौतमको पनि अभिनय छ।
रोहित कट्टेल र रत्न श्रेष्ठको निर्माण रहेको छ।