नेपाली कथानक चलचित्र 'शमशेर' निर्माण हुने भएको छ।
एभरेष्ट फिल्म एकेडमी र डि आर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनिष राउत शमशेरको भूमिकामा देखिदैँ छन्।
एक्सन जनरामा बन्न लागेको चलचित्रको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेता राउत एक्सन शैलीमा देखिएका छन्।
चलचित्रमा अर्जुन पोखरेलको संगीत सुन्न सकिनेछ। यसमा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ।
अभिनेत्रीको भूमिकामा फाइनल हुन बाँकी चलचित्रको छायांकन काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने बताइएको छ। चलचित्रमा गौरी शंखर र बिकाश सिटौलाको छायांकन हुनेछ। चलचित्र निर्माणमा सीबर्ड्स इन्टरटेनमेन्टले समेत सहकार्य गर्नेछ।