बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरूद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ। उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ।
एक किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले पलविरूद्ध अभियोगपत्र दायर गरेको हो।
गैंडाकोटको एक होटलमा पल शाहले एक वर्षअघि आफूलाई बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन्।
उक्त उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको हो।
जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको हो।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि तीनै किशोरीले बलात्कारको अभियोगमा उजुरी दिएकी छन्।