नेपाल आइडल सिजन-४ को उपाधि भैरहवाका भुपेन्द्र थापा मगरले जितेका छन्। अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भुपेन्द्रले उपाधि हात पारेका हुन्। उनले उपाधिसँगै ३० लाख रूपैँया नगद पाए।
त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ भएका छन्। उनले ५ लाख रूपैँया र ट्रफी पाए भने सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन्। उनले ३ लाख रुपैँया र ट्रफी पाए।
त्यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए। उनीहरूले गिटार र दस लाख बरारको बीमा पाएका छन्।
गत मंसिर २३ गतेदेखि एपीवान टेलिभिजनमा प्रशारण थालिएको नेपाल आइडलको चौथो संस्करणको फाइनल शनिबार भएको हो।
प्रतियोगिको शीर्ष ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याएर उपाधि हात पारेका हुन्।