कोरोना भाइरसको महामारी सुरू भएसँगै बन्द भएको गोपिकृष्ण हल आजबाट सञ्चालनमा आउने भएको छ।
नेपाली दर्शकको राम्रो भिडभाड हुने चाबहिलको गोपिकृष्ण हलका ७ वटा हलमध्ये तीन वटा हल आजबाट सञ्चालनमा आउने गोपीकृष्ण सिनेमाका जेनेरल म्यानेजर प्रदीप दाहालले जानकारी दिए।
७ वटा पर्दा रहेको गोपीकृष्णमा गोपी, कृष्ण, राधा र मिरा हल भत्काएको छ। सपिङ मल बनाउने योजना अनुसार हल भत्काइएको हो।
यी हलहरु अब आरजीबी थिममा सञ्चालनमा आउनेछन्। आरजीबी भनेको रेड, ग्रिन र ब्लु हो । यी तीन कलर चलचित्रमा प्रयोग हुने प्राइमरी कलर मध्ये पर्छन्। गोपीकृष्ण सेन्टल कम्प्लेक्स निर्माणका लागि साबिकको गोपीकृष्ण हल भत्काइएको छ।
सँगै रहेका ३ हलहरु भने बाँकी नै छन्। गोपीकृष्णले तिनै तीन हलको प्रविधि र भौतिक पूर्वाधारमा समेत उल्लेख्य सुधार गरि हल सञ्चालन गर्न लागेको हो। अत्याधुनिक प्रविधिका साथ सञ्चालनमा आउन लागेको जनाइएका हललाई आरजीबी थिममा सञ्चालन गरिने छ ।
कुल ५०० सिट क्षमताका साथ सञ्चालनमा आउने हलमा हरेक घण्टा शो शुरु हुने जनाइएको छ। बिहान आठ बजेबाट शुरु हुने शो बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।
३ हलमा गरि दैनिक १२ वटा शो हुनेछन् । शुक्रबारबाट आरआरआर, द कश्मिर फाइल्स र चिसो एष्ट्रे प्रदर्शनसँगै हल पुन सञ्चालनमा आउने गोपीकृष्ण मुभिजका निर्देशक निरक पौडेलले जनाएका छन्।
यो पनि