नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करण बिहीबारदेखि सुरू भएको छ।
महोत्सव सोमबारसम्म चल्नेछ।
देश-विदेशका लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र गरी सात विधामा १४ अवार्ड दिने एकेडेमीले जनाएको छ।
नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गरेको महोत्सवमा नेपाल चलचित्र बोर्ड र काठमाडौं महानगरपालिका सहआयोजक छन्।
महोत्सवमा केही चलचित्र भर्चुअल र केही भौतिक रूपमा प्रदर्शन गर्ने तयारी रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली चलचित्र महोत्सव बोर्डले नेपाली फिल्मलाई विदेशको लेभलमा पुर्याउने प्रयास गरिरहेको बताए।
उनले नेपाली चलचित्रमा कथा खोज्नको लागि बोर्डले स्टोरी बैंकको योजना ल्याएको सुनाए। जसमा निर्माताले नयाँ कथा ल्याउने बोर्डले निर्माण गर्न सहयोग गर्नेछ।
तस्बिरहरू: