आज (शुक्रबार) बाट फिल्म ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ। फिल्मको निर्देशन एभरेष्ट सुर्य बोरोराले निर्देशन गरेका हुन्।
फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रसाईं, विल्सन विक्रम राई, एभरेष्ट सुर्य बोहरा, विक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त र सनमकुमार बैराग लगायतको अभिनय छ।
महारानी इन्टरटेन्मेन्ट युके र एभरेष्ट सूर्य बोहरा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्म नेपाल र युकेमा खिचिएको हो।
फिल्मलाई विक्रम डि जोशीले निर्माण गरेका हुन्। उनलाई निर्माणमा हिराल जोशी र विक्रम डि जोशी सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको फिल्मको सहनिर्मात्रीमा सविता गुरुङ रहेकी छन्।
यो फिल्म देशभर एकल प्रदर्शन हुँदैछ। तर, फिल्म हलमा गत साता शुक्रबारदेखि प्रदर्शन आएको साउथ फिल्म ‘आरआरआर’को दबदबा कायमै छ।