गायिका रचना रिमाल र कमल रेग्मीको स्वरमा ‘सिन्धुलीको बाटो...’ सार्वजनिक भएको छ।
सिन्धुलीको घुमाउरो बाटो र पूर्व जाने यात्रुको विषयलाई गीतमा राखिएको छ।
गीतमा कलाकार सरोज प्रजा र बीना राउतले मोडलिङ गरेका छन्।
गीतका लेखक कृषि उद्यमी श्रीकृष्ण अधिकारी हुन्। गीतका गायक रेग्मी पनि कृषिमा आबद्ध छन्। उनले थानकोटमा तरकारी खेती र तरकारी अनि फुलका बिरुवा समेत उत्पादनद गर्छन्।
हेर्नुहोस् गीत