हाँस्य कलाकार जीतु नेपालले कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ छिट्टै आउने जानकारी दिएका छन्।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो चर्चित टेलिभिजन कमेडी शो चाडै नै आउने बताएका हुन्।
फोन, म्यासेज र सामाजिक सञ्जालमार्फत ‘मुन्द्रेको कमेडी क्लब’ कहिले आउँछ? भन्ने प्रसंसकको प्रश्नको सामना गर्दै आएको उनले शो चाडै ल्याउने तयारीमा आफू रहेको बताएका हुन्।
‘आउँछ हजुर आउँछ। अब चाँडै नै आउँछ’ उनले पोष्टमा अगाडि लेखेका छन् ‘फरक बिषयबस्तु, नयाँ सदस्यहरु र नयाँ सेटमा ‘मुन्द्रेको कमेडी क्लब’ आउँछ। हामी यसको तयारीमा छौ। चाडै नै नयाँ प्रोमो सहित जानकारी दिनेछौ ।’
उनले ‘मुन्द्रेको कमेडी क्लब’को बारेमा चासो दिनेलाई धन्यवाद समेत भनेका छन् ।
जीतुले हिजोका कमीकमजोरीलाई सच्याउँदै नयाँ जोश, जाँगर र उत्साहसहितका साथ आउने जानकारी दिएका हुन्।
‘मुन्द्रेको कमेडी क्लब’ नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालिटी शो थियो । जीतु आफै होष्ट रहेको शोमा उनीसहित उमेश राई, राजाराम पौडेल, राजेन्द्र नेपालीको अलवा अभिनेत्री करिश्मा मानन्धर समेत देखिँदै आएकी थिइन्। सुरुवातको समयमा कमेडी क्लबमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि थिइन् ।
कार्यक्रम प्रशारण हुने टेलिभिजन र मिति भने अझै टुंगो लागेको छैन। छिट्टै शो प्रोमो मार्फत सार्वजनिक गर्ने उनले बताएका छन्।
‘मुन्द्रेको कमेडी क्लब’ जीतुले शोमा कलाकारले धोका दिएको भन्दै कार्यक्रम बन्दको घोषणा गरेका थिए ।