‘डी सिने अवार्ड’को १२ औं संस्करण शनिबार धुलिखेलमा सम्पन्न भएको छ। छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो।
यो संस्करणमा २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो।
लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभिता सिम्खडा निर्णायक रहेको अवार्डमा ‘छ माया छपक्कै’ले ८, ‘मारुनी’ले ६ र ‘साङ्लो’ फिल्मले ६ विधामा अवार्ड जितेका छन्।
यस वर्षको उत्कृष्ट फिल्ममा ‘मारुनी’ले अवार्ड जित्यो। यसै फिल्मबाट निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल भए।
यस्तै, अभिनेत्रीतर्फ ‘छ माया छपक्कै’बाट केकी अधिकारीले अवार्ड जित्न सफल भइन्। यहि फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अवार्ड जित्न सफल भए।
अवार्डमा नेपालको पहिलो अभिनेत्री भुवन चन्दलाई नगद २५ हजार, सम्मानपत्र र दोसल्लासहित ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिएको थियो।
त्यस्तै, छायाँछवि फिल्मकर्मी रजत सम्मान अभिनेता विजय लामा र झरना थापालाई प्रदान गरियो। छायाँछवि फिल्म पत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको छ। उनलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो। डी सिने अवार्डमा फिल्मकर्मीहरुको राम्रो उपस्थिति थियो।
प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा प्रोत्साहन अवार्ड प्रदान गरेका थिए।
अवार्ड विजेताको सूचीः
१. उत्कृष्ट पाश्व संगीतः एलिस कार्की (साङ्लो)
२. उत्कृष्ट ध्वनीमिश्रणः अमित श्रेष्ठ (जात्रै जात्रा)
३. उत्कृष्ट गीतकारः राजेन्द्र थापा (जुनको जुनेलीः छ माया छपक्कै)
४. उत्कृष्ट पाश्र्व गायिकाः इतु जोजीजु (बिर्सन सकिनः मखमलीमखमली)
५. उत्कृष्ट पाश्र्व गायकः कृष्ण काफ्ले (हाने मैले झटारोः मारुनी)
६. उत्कृष्ट फिल्मलोक संगीत संगीतकारः बसन्त थापा (जुनको जुनेलीः छ माया छपक्कै)
७. उत्कृष्ट संगीतकारः अर्जुन पोखरेल (सुन्यौ की सुनेनौः लभ डायरीज)
८. उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज (एम जी रोडैमाः हजार जुनीसम्म)
९. उत्कृष्ट द्वन्द्व निर्देशकः श्री श्रेष्ठ (साङ्लो)
१०. उत्कृष्ट हाँस्यकलाकारः केदार प्रसाद घिमिरे (छ माया छपक्कै)
११. उत्कृष्ट खलपात्रः प्रकाश शाह (साङ्लो)
१२. उत्कृष्ट कथाः गोविन्द फूयांल (मारुनी)
१३. उत्कृष्ट पटकथाः आशुतोष राज श्रेष्ठ (जाइरा)
१४. उत्कृष्ट संवादः रामबाबु गुुरुङ÷उपेन्द्र सुब्बा (कबड्डी कबड्डी कबड्डी)
१५. उत्कृष्ट नव-नायिकाः रुवीना थापा (लभ डायरीज)
१६. उत्कृष्ट नव-नायकः अंकित शर्मा (रातो टीका निधारमा)
१७. उत्कृष्ट नव-निर्देशकः विराज भट्ट (साङ्लो)
१८. उत्कृष्ट चरित्र अभिनेत्रीः मिथिला शर्मा (आमा)
१९. उत्कृष्ट चरित्र अभिनेताः माओत्से गुरुङ (कबड्डी कबड्डी कबड्डी)
२०. उत्कृष्ट सह-अभिनेत्रीः स्वस्तिमा खड्का (हजार जुनीसम्म)
२१. उत्कृष्ट सह-अभिनेताः जीतु नेपाल (छ माया छपक्कै)
२२. उत्कृष्ट छायाँकारः सञ्जय लामा (मारुनी)
२३. उत्कृष्ट सम्पादकः बिपिन मल्ल (छ माया छपक्कै)
२४. उत्कृष्ट अभिनेत्रीः केकी अधिकारी (छ माया छपक्कै)
२५. उत्कृष्ट अभिनेताः पुष्प खड्का (मारुनी)
२६. उत्कृष्ट निर्देशकः नवल नेपाल (मारुनी)
२७. उत्कृष्ट फिल्मः मारुनी (पुनम इन्टरटेनमेन्ट प्रा.लि.)
जुरीद्वारा थप गरिएको ६ विधामा दिइएको अवार्ड यस्तो छः
प्रोत्साहन अवार्डः क्षितिज सुवेदी (वीर विक्रम २)
साउण्ड एडिटरः किशोर आचार्य (सानो मन)
भिएफएक्स आर्टिस्टः समिर मियाँ (साङ्लो)
वर्षको पपुलर गायिकाः मिलन नेवार (चरीले काफ्लः साङ्लो)
निर्देशकः दीपेन्द्र लामा (छ माया छपक्कै)
पपुलर फिल्मः छ माया छपक्कै (रोहित अधिकारी फिल्म्स् एण्ड आमा सरस्वती मूभिज् प्रा.लि.)