पशुपति क्षेत्र विकास कोष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र राष्ट्रिका साहित्य प्रतिष्ठानको आयोजनामा नयाँ वर्ष २०७९ को स्वागतस्वरुप बुधबार वसन्त काव्यलहरी कार्यक्रम गरियो।
पाशुपत क्षेत्रमा आयोजित कार्यक्रममा डा. बिष्णुविभु घिमिरे, डा. हरिप्रसाद पोखरेल, डा.सावित्री मल्ल, अशेष मल्ल, मातृका पोखरेल, कृष्ण प्रसाईं, किशोर पहाडी, दिव्य गिरी, सुमन थापा सङ्गम, राधिका गुरागाईं, गीता कार्की, ठाकुर वेलबासे, समिना खनाल, उमा सुवेदी, राजेन्द्र गुरागाई, पवित्रा अधिकारी, माधव बिडारी, सुष्मा आचार्य अंशु, गोविन्द मरासिनी, मधु पाठकलगायतले वसन्त विशेष कविता वाचन गरे।
कार्यक्रममा बाँसुरीवादक वसन्त चामलिङले वसन्त राग सुनाएका थिए भने कविता वाचनका क्रममा पाश्र्व ध्वनी प्रदान गरेर सबैको मन जितेका थिए।
प्रतिष्ठानकी उपाध्यक्ष डा. शान्तिमाया गिरी र समालोचक डा. सावित्री मल्लले कवितामाथि संक्षिप्त विचार राखेका थिए।
प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कवि रञ्जना निरौलाले गरेकी थिइन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. बिष्णुविभुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोषका कार्यकारी प्रमुख डा. घनश्याम खतिवडाले सबै स्रष्टालाई पशुपतिनाथको चन्दन, रुद्राक्ष तथा शिवनामीले स्वागत गरेका थिए।
उनले आगामी दिनमा यस कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएका थिए।