सत्यराज आचार्य र मिलन नेवारको स्वर रहेको ‘सानी र्याईं र्याईं र्याईं’ बोलको गीत सार्वजनिक भएको छ। देव गहतराजको शब्द तथा संगीत रहेको गीतमा अभिनेत्री आँचल शर्मा र प्रकाश सपुतलाई देख्न सकिन्छ।
लोक शैलीमा आधारित डान्सिङ प्याटर्नको गीतलाई म्युजिक भिडिओ सहित तयार पारिएको छ। जसलाई चर्चित कोरियोग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन्।
सौरभ लामाको छायांकन गरेको गीतको भिडिओलाई अर्जुन जिसिले सम्पादन गरेका छन् भने रंग संयोजन रेनिश फागोको छ।