निर्मला घिसिङको स्वरमा ‘पिंगाई माया’ बोलको तामाङ गीत सार्वजनिक भएको छ। लोकमार्गमा काम गर्ने मजदुरको कथा समेटिएको गीतको भिडिओमा अभिनेता बुद्धि तामाङ र निरञ्जली लामाको अभिनय देख्न सकिन्छ।
गीतमा अनिश योञ्जन (च्याङ्बा)ले गायिका घिसिङलाई साथ दिएका छन्। गीतमा संगीत पनि योञ्जन आफैंले भरेका छन् भने शब्द गायिका घिसिङको रहेको छ।
रामछापको सुनपाती गाउँपालिका र काठमाडौंको ह्वाइट गुम्बामा छायांकन गरिएको गीतको कथा राजु स्याङ्तानले तयार पारेका हुन्। गीतको भिडिओलाई अजय स्याङ्तानले निर्देशन गरेको छन्।