नेपाली सर्ट फिल्म ‘लोरी’ कान्स फिल्म फेस्टिभल २०२२ मा छनोट भएको छ।
विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा पहिलोपटक नेपाली सर्ट फिल्म छनोट भएको हो।
उक्त फिल्मलाई अविनाश विक्रम शाहले निर्देशन गरेका हुन्। उक्त फिल्म कान्सको सर्ट फिल्म अन्तर्गतको मुख्य प्रतिस्पर्धात्मक विधामा पहिलो हो।
गत शुक्रबार कान्सले एक सय ४० देशका ३५ सय फिल्ममध्येबाट ‘लोरी’ उत्कृष्ट ९ मा पर्न सफल भएको सार्वजनिक गरेको थियो। शाहको फिल्मले आठ देशको फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने कान्सले बताएको छ।
गत वर्ष पनि किरण पोखरेलको ‘विङ्स’ ले कान्समा नेस्प्रेसो ट्यालेन्ट इन्टरनेसनल कन्टेस्टमा ग्य्रान्ड पुरस्कार जितेको थियो। त्यस्तै मीन भामको निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो वर्ष’ ले ६६ लाख रूपैयाँ बराबरको रकम प्राप्त गरेको थियो।
जेठ ३ गतेबाट सुरु हुने कान्स फेस्टिभल असार १४ गते सकिनेछ।