काठमाडौं ज्याज कन्ट्रोभर्सीले आयोजना गरेको ‘क्याट ज्याज’ अन्तर्राष्ट्रिय महोत्सवमा रैथाने संगीत समुहले प्रस्तुति दिएको छ। झुमा लिम्बुको समुह रैथानेले शुक्रबार नेपालका सुदुरपुर्वदेखि सुदुरपश्चिमसम्मका भाकाहरू सुनाएका थिए।
रैथानेले विभिन्न देशका संगीतकारसँग सहकार्य गर्दै प्रस्तुति दिएको थियो। करिब दुई घण्टा लामो प्रस्तुति सुन्न नेपालसँगै बाहिरी देशका दर्शकहरू उपस्थित थिए।
गत अप्रिल २० गतेदेखि काठमाडौं ज्याजले यो अन्तर्राष्ट्रिय महोत्सव गरेको हो। यही शनिबार समापन भएको उक्त महोत्सवमा रैथानेसँगै काठमाडौं ज्याजका विद्यार्थी, सेरो जुनी, अलमस्ट गन लगायत सांगीतिक समुहले प्रस्तुति दिएका थिए।
दुई साता लामाे कार्यक्रमहरू झम्सिखेलस्थित मोक्ष, थ्रि बाइ फोर, पाटन हाउस, कालो १०१ लगायत ठाउँमा भएको थियो। रैथानेको प्रस्तुति भने मोक्षमा भएको थियो।
तस्बिरहरू: