आधुनिक गीतिसंग्रह ‘खुशीको खुराक’ सार्वजनिक भएको छ। गीतकार वीरेन्द्र पाठकको रचना एवं संगीतकार प्राज्ञ सुनिल मास्केको संगीत रहेको गीतिसंग्रहमा ६ गीत समावेश छन्।
राजधानीमा आयोजित एक कार्यक्रमबीच गीतकार पाठक, संगीतकार मास्के, सञ्चारकर्मीहरु नरेश भट्टराई, कृष्ण आचार्य र सुमन बैरागीले गीतिसंग्रह सार्वजनिक गरेका हुन्।
मिलन नेवारको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘मनपर्ने मायालाई’, राज सिग्देलको स्वर तथा रिकेश गुरुङको संगीत संयोजनमा ‘खुशीको खुराक’, विश्व नेपालीको स्वर तथा प्रदीप नेपालीको संगीत संयोजनमा ‘मन पर्ने मायालाई’ बोलका गीतहरु गीतिसंग्रहमा समावेश छन्।
त्यस्तै, शिव परियारको स्वर तथा दिक्षित पौडेलको संगीत संयोजनमा ‘कहिले मन पर्यो’, रचना रिमालको स्वर तथा प्रदीप श्रेष्ठको संगीत संयोजनमा ‘आँधिबेहरीले उडायो’ गीत गीतिसंग्रहमा समावेश गरिएको छ भने सुरेश लामाको स्वर तथा दिक्षित पौडेलको संगीत संयोजनमा ‘केश को¥या’ बोलको गीत पनि गीतिसंग्रहमा समावेश छ।
राजेश श्रेष्ठ रेकर्डिष्ट रहेको गीतिसंग्रहमा किशोर थापाको मिक्सिङ एवं माष्टरिङ रहेको छ। गीतिसंग्रहमा समावेश ६ गीतमध्ये मिलन नेवारको स्वर रहेको ‘मनपर्ने मायालाई’को भिडिओ समेत तयार भएको छ।
युवराज वाइबाले निर्देशन गरेको भिडिओ केहि दिनमै सार्वजनिक गरिने बताइएको छ। उक्त भिडिओमा सञ्चारकर्मी नरेश भट्टराई र मोडल उषा उप्रेतीले अभिनय छ।
गीतिसंग्रहलाई शुभकामना मिडिया शोलुसन प्रालिले बजारमा ल्याएको हो।