छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘हनी बनी’ मा अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पाइलीले काम नगर्ने पक्का भएको छ।
निर्देशक दिवाकर भट्टराईले सामाजिक सञ्जाल मार्फत अनमोल र साराले ‘हनी बनी’ छोडेको जानकारी दिए।
‘बाहिर सुन्दा अलि नराम्रो सुनिए पनि यो निर्णय राम्रो कुराको लागि नै हो। हामीले आपसी सहमतिमा नै हनी बनीबाट अलग हुने निर्णय गरेका हौं,’ उनले लेखेका छन्।
अनमोलका अनुसार आफूले फिल्म छाड्दा नै राम्रो हुने भएपछि सहमतिमा फिल्म छोडेका हुन्। उनले भने, ‘विभिन्न कारणले गर्दा फिल्ममा काम नगरेको हो।’
उक्त फिल्मको छायांकन लन्डनमा हुने भएकोले साराको भिसा नलागेपछि फिल्म छोड्नु परेको बताइएको छ। अनमोलले यसअघि सम्झौता गरेका ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धुपौरे’ जस्ता फिल्महरू पनि छाडेका थिए।