गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ४’ को डिजिटल अडिसन खुला भएको छ। प्रतियोगीहरूले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन्।
अडिसन मार्फत डेढ सय जना छनोट हुने र ब्लाइन्ड अडिसन सुटिङ आगामी दुई महिनापछि सुरू हुने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।
गुगल प्ले र एप स्टोरमार्फत भ्वाइस अफ नेपालको आधिकारिक एप डाउनलोड गरेर आवेदन दिन सकिन्छ। उक्त एपमार्फत भिडिओ पठाउनुपर्ने नियम छ।
‘द भ्वाइस अफ नेपाल’का अघिल्ला तीन वटा सिजनले राम्रो चर्चा बटुलेको थियो। यो गायन रियालिटी शो हिमालय टेलिभिजनमा प्रसारण हुनेछ।