२०७८ सालको त्रिमूर्ति पुरस्कार घोषणा गरिएको छ। त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा शनिबार बसेको बैंठकले त्रिमूर्ति पुरस्कार वितरणको घोषणा गरेको हो।
त्रिमूर्ति पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदी, अभिनेत्री मिथिला शर्मा र कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय गरेको छ।
त्रिमूर्ति निकेतनले 'लेखनाथ काव्य पुरस्कार' छन्दकवि तथा महाकाव्यकार विनोदीलाई दिइने निर्णय गरेको छ।
त्यसैगरी, यस वर्षको 'बालकृष्ण सम पुरस्कार' अभिनेत्री मिथिला शर्मालाई दिने निर्णय गरेको छ भने 'देवकोटा काव्य पुरस्कार' आधुनिक कवि शैलेन्द्र साकारलाई समर्पण गर्ने निर्णय गरिएको छ।
पुरस्कृतहरूलाई ताम्रपत्रका साथ पुरस्कारका राशि जनही एक लाख रूपियाँ प्रदान गरिनेछ।