निर्देशक दिवाकर भट्टराईको फिल्म ‘हनी बनी’ मा भारतीय मोडल अभिमन्यु तोमार अनुबन्धित भएका छन्।
फिल्ममा अभिमन्यु अनुबन्धित भएको जानकारी निर्देशक भट्टराईले आफ्नो फेसबुक मार्फत दिएका हुन्।
‘मेरो हनी बनी’ भन्दै निर्देशक भट्टराईले केही तस्बिरहरु सार्वजनिक गरेका छन्।
फिल्ममा पहिला अनमोल केसी अनुबन्धित भएका थिए। अनमोलले फिल्म छाडेपछि उनको ठाउँमा भारतीय मोडल अभिमन्यूलाई अनुबन्धित गराइएको हो। अनमोलले आफूले फिल्म छोड्दा राम्रो हुने र सहमतिमै फिल्म छोडेका बताएका छन्।
उनीसँगै अभिनेत्री सारा सिर्पाइलीले पनि फिल्म छाडेकी थिइन्। उक्त फिल्मको छायांकन लन्डनमा हुने भएकोले साराको भिसा नलागेपछि फिल्म छोड्नु परेको बताइएको छ। उनको ठाउँमा लन्डनमै बस्दै आएकी अभिनेत्री जसितालाई फिल्ममा लिइएको हो।
यतिबेला ‘हनी बनी’का निर्माण टोली लन्डनमा छन्। यसै फिल्मको छायांकनको लागि अभिनेता सलोन बस्नेत पनि लन्डन पुगेका छन्।
मोडल अभिमन्युले ‘याद पिया के आने लगी’ रिमेक भर्सनको गीतमा अभिनय गरेका छन्। २७ वर्षिय अभिमन्यू दिल्लीमा जन्मिएका हुन्।