हाँस्य कलाकार किशोर भण्डारी वडा सदस्यमा विजयी भएका छन्।
उनी काठमाडौँ तारकेश्वर नगरपालिका- २ को वडा सदस्यमा विजयी भएका हुन्।
कांग्रेस तर्फका उम्मेदवार उनले ११७५ मत ल्याएर जितेका हुन्। उनले नेकपा एमालेका उम्मेदवारलाई ४०० मतले हराएका हुन्।
‘मैले खासै वडामा बसेर काम गर्नु पर्दैन त्यसैले म कला क्षेत्रमा पनि सक्रिय नै हुन्छु। मलाई समाजिक कार्यमा निकै रुचि छ। अहिले जनताको सेवा गर्ने अवसर पाएको छु। त्यसको लागि निकै आभारी छु। हप्ताको दुई दिन म कला क्षेत्रमै समय दिन्छु,’ उनले सेतोपाटीसँग भने।
भण्डारी कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हाँस्य टेलिश्रृंखला ‘डिट्ठा साब’मा ‘डिट्ठा साब’को भूमिका निर्वाह गर्दै आएका छन्। उनी पछिल्लो समय हाँस्य टेलिश्रृंखला ‘हर्के हल्दार’मा समेत देखिँदै आएका छन्।