अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’मा सहभागी हुने भएकी छिन्।
उनी मंगलबार यो फेस्टिभलमा सहभागी हुन जाँदैछिन्।
फ्रान्सको पेरिसमा हुने कान्स फेस्टिभलमा उनी नेपालमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’को प्रतिनिधित्व गर्दैछिन्।
‘मैले एक वर्षअगाडि फ्रेन्च फिल्मको अडिसन दिएको थिएँ। त्यो फिल्म कान्समा छनोट भएको रहेछ। मलाई सट नोटिस आयो। त्यसैले म आज फान्स जाँदैछु,’ उनले सेतोपाटीसँग भनिन्।
उनले फिल्ममा आफ्नो सानो भूमिका रहेको बताइन्।
'फिल्ममा मेरो भूमिकाबारे खुलाउन मिल्दैन। यसमा मैले सानो भूमिका खेलेको छु,' उनले भनिन्।
फिल्म भोलि (मे १८) मा प्रिमियर हुँदैछ।
यस वर्षको कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्समा आयोजना हुँदैछ।
यसअघि सन् २०१९ मा अभिनेत्री प्रियंका कार्की पनि कान्समा सहभागी भएकी थिइन्।
(सबै फोटो सुरक्षा पन्तको फेसबुकबाट।)