फिल्म ‘लाइफ इन एलए’को ‘बसन’ बोलको गीत सार्वजनिक भएको छ।
आर्यन पाठकको शब्द, संगीत तथा स्वर रहेको वियोगान्त गीतमा अभिनेता ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्टलाई देख्न सकिन्छ।
विभिन्न सिलसिलामा अमेरिका पुगेका नेपालीको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ।
सूर्य एन श्रेष्ठले निर्देशन गरेको फिल्ममा ब्यास र अकेशासँगै शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय रहेको छ। फिल्मको अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिएको छ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई अभिनेता ब्यास आफैले निर्माण गरेका हुन्।
दीपक वली एसोसियट निर्देशक रहेको फिल्मको कार्यकारी निर्मातामा संसार सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन्।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ। फिल्मको अमेरिका पार्ट क्रिस वारेन र एडवर्ड युकेनले तथा नेपालको पार्ट बाबु श्रेष्ठले छायांकन गरेका हुन्।
यो फिल्म जेठ ६ गते शुक्रबारदेखि प्रदर्शन हुँदैछ।