सूर्य एन श्रेष्ठले निर्देशन गरेको फिल्म ‘लाइफ इन एलए’ आज शुक्रबारबाट प्रदर्शन भएको छ।
एक नेपाली फिल्मसँगै दुई बलिउड फिल्म कंगना रनावत अभिनित ‘धाकड’ र कार्तिक आर्यन अभिनित ‘भुल भुलैया २’ प्रदर्शनमा आएको छ।
विभिन्न सिलसिलामा अमेरिका पुगेका नेपालीको कथालाई प्रस्तुत गरिएको फिल्म ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, शिल्पा मास्के, अकेशा विष्ट, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय रहेको छ।
फिल्म अमेरिकाको एलएमा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिएको छ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई अभिनेता ब्यास आफैले निर्माण गरेका हुन्।
दीपक वली एसोसियट निर्देशक रहेको फिल्मको कार्यकारी निर्माता संसार सुवेदी र निर्माता राजेन्द्र ठकुराथी छन्।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ। फिल्मको अमेरिका पार्ट क्रिस वारेन र एडवर्ड युकेनले तथा नेपालको पार्ट बाबु श्रेष्ठले छायांकन गरेका हुन्।