निर्माता तथा निर्देशक मुनाल घिमिरे वडाध्यक्षमा विजयी भएका छन्।
उनी दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ बाट वडाध्यक्षमा विजयी भएका हुन्।
एमालेबाट उम्मेदवार घिमिरेले आफू वडाध्यक्षमा विजयी भएको फेसबुकमार्फत जानकारी दिएका छन्।
‘मलाई आफ्नो अमूल्य भोट दिएर ४ नम्बर वडाध्यक्ष बनाउनु भएकोमा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु,’ उनले लेखेका छन्।
पछिल्लो समय फिल्म क्षेत्रबाट टाढा रहेका घिमिरे सामाजिक तथा राजनीतिमा सक्रिय छन्। उनले २००८ मा ‘खबरदारी’ बाट फिल्म निर्देशन तथा निर्माणमा डेब्यू गरेका थिए। त्यसपछि उनले २०१५ सालमा ‘इच्छा’ निर्देशन गरेका छन्।