जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको सलमान खानको ‘दबंग टुर रिलोडेड’ सरेको छ।
आयोजक स्रोतका अनुसार ‘दबंग टुर रिलोडेड’ सरेको हो। आयोजकहरूले छलफल गरेर अर्काे मिति तय गर्ने बताइएको छ।
उक्त कार्यक्रमका लागि चार प्रकारका टिकटको व्यवस्था गरिएको थियो जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ।
ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने कार्यक्रममा सलमानसँगै सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टोली नेपाल आउने भनेर प्रचार गरिएको थियो।
केही समयअघि बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिज पनि नआउने भएकी थिइन्।
मनी लाउन्ड्रिङ केसमा मुछिएकी ज्याकलीनले अदालतबाट विदेशी यात्राको अनुमति नदिएपछि नेपाल आउन स्थगित भएको थियो।