अनुप बरालले निर्देशन गरेको फिल्म ‘दोख’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
काेराेना महामारीका कारण राेकिएकाे फिल्म असार २४ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टोलीले बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।
निर्देशक अनुप बरालका अनुसार फिल्मले सामुदायिक वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलो देखाएको छ। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरुले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्।
फिल्मको कथा राजन कठेतले लेखेका हुन्।
फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन्।
शैलेन्द्र डी कार्कीको छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।
फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दिपक खनाल, युवराज भट्टराई रहेका छन्। फिल्मलाई काठमाडौंमा जिजिए ग्रुप र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्नेछन्।