राजबहादुर सानेले निर्देशन गरेको फिल्म 'सिल्ली फो'को 'ए दिल तँ बोल् बोल्' गीत सार्वजनिक भएको छ।
पुरुषोत्तम न्यौपाने र रचना रिमालको स्वर रहेको भिडिओमा अभिनेत्री केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल र दिनेश रेग्मीलाई फिचर्ड गरिएको छ। गीतलाई शिव विकले कोरियोग्राफी गरेका हुन्।
दिनेश सुवेदीको शब्द रहेको गीतमा गायक न्यौपानेले नै संगीत भरेका छन्। फिल्ममा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट(सागर), सौजन बोहोरा जयमन विश्वकर्माको अभिनय छ।
मनोज डिके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ सह-निर्माता छन्। दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेले छायांकन गरेको फिल्मलाई तारा थापा ‘किम्भे’को सम्पादन गरेका हुन्। वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको फिल्मको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ।
यो फिल्म असार ३१ गतेबाट प्रदर्शन हुँदैछ।