अनुप बरालले निर्देशन गरेको फिल्म ‘दोख’ को टिजर सार्वजनिक भएको छ।
सार्वजनिक टिजरमा माओवादी द्वन्दकाल झल्काउने केही दृश्य समावेश गरिएको छ।
फिल्मले सामुदायिक वनको मुद्धालाई लिएर दुई गाउँबीचको किचलो देखाएको छ। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्।
फिल्मको कथा राजन कठेतले लेखेका हुन्।
फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन्।
शैलेन्द्र डी कार्कीको छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।
फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दिपक खनाल, युवराज भट्टराई रहेका छन्।
फिल्मलाई काठमाडौंमा जिजिए ग्रुप र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्नेछन्।
यो फिल्म असार २४ गतेबाट प्रदर्शन हुँदैछ।