गायिका इन्दिरा जोशीले विवाह गरेकी छन्। मंगलबार उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग विवाह गरेकी हुन्।
उनीहरूको विवाहमा नजिकका आफन्त र साथीभाइको उपस्थिति थियो।
आइतबार बिहेको कार्ड सार्वजनिक गर्दै उनले विवाह गर्न लागेको जानकारी दिएकी हुन्।
इन्दिराले आफ्नो इन्स्टाग्राममार्फत विवाहकाे तस्बिर सार्वजनिक गरेकी हुन्। 'अब हामी श्रीमान-श्रीमती भयौं,' उनले लेखेकी छन्।
तीन वर्षदेखि सम्बन्धमा रहेको इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए। शरदले इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइ दिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन्।
इन्दिराले ‘टुट्यो तारा आकाशमा, मेरो बाबा, माग्ने बनायौं, मरी लानु के छ र, उध्रेको चोली छ है, मोटरसाइकलमा, रेलिमाई, चौबन्धी चोली अनि रातो घाँगर’ जस्ता हिट गीत गाएकी छन्।