दिनेश राउतको निर्देशन रहेको फिल्म ‘प्रकाश’को ‘मान्छे मान्छे’ गीतकाे लिरिकल भिडिओ सार्वजनिक भएको छ।
सत्यराज आर्चायको स्वर रहेको गीतमा मान्छे मान्छेबीच किन विभेद भन्ने भाव प्रस्तुत गरिएको छ। अशोक शेरचनको शब्द रहेको गीतमा एलिस कार्कीको संगीत छ भने एरेन्ज शैलेन्द्र प्रधानले गरेका छन्।
विकास सुवेदीको लेखन रहेको फिल्ममा जुम्लाको एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ।
यो जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा हो।
जुम्लामा छायांकन भएको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय छ। फिल्मको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ।
बिनिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ।
महेन्द्र अधिकारीको लगानी रहेको फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।
यो फिल्म भदौ १० गतेदेखि प्रदर्शन हुँदैछ।