अनुप बराल निर्देशित फिल्म ‘दोख’को 'वन चरी उड्यो' बोलको गीत सार्वजनिक भएको छ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले पहिलो पटक फिल्मी गीत गाएका हुन्। श्रवण मुकारुङको शब्द रहेको गीतमा आभाषले संगीत भरेका छन्।
फिल्मले सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँबीचको किचलो देखाएको छ। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्।
फिल्मको कथा राजन कठेतले लेखेका हुन्।
फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन्।
शैलेन्द्र डी कार्कीको छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।
फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, शिशिर खरेल, दिपक खनाल, युवराज भट्टराई रहेका छन्।
फिल्मलाई काठमाडौंमा जिजिए ग्रुप र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्नेछन्।
यो फिल्म असार २४ गतेबाट प्रदर्शन हुँदैछ।