‘राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ सिजन २ अगामी १२ गते वितरण हुने भएको छ।
आयोजक ब्राण्डरुट इन्टरटेनमेन्ट प्रालीले एक विज्ञप्ती जारी गर्दै अवार्ड वितरण मिति सार्वजनिक गरेको हो।
फिल्मी लोकगीत, आधुनिक, लोकदोहोरी, गीतसंगीतका गीत, गायक, गायिका, म्युजिक भिडिओ, मोडल, निर्देशक, संगीत, शब्दलगायत अवार्डसहित विभिन्न ४४ विधा समेटिएका छन्।
हरेक विधाको उत्कृष्ट ५ मनोनयन सार्वजनिक भइसकको छ। ४० प्रतिशत भोटिङ, ५० प्रतिशत निर्णायक र १० प्रतिशत आयोजकको नम्बरको आधारमा अवार्डमा विजेता छानिने कार्यक्रमका निर्देशक सुनिल विसीले जानकारी दिए।
जमलस्थित राष्ट्रिय नाचघर जमलमा अवार्ड कार्यक्रम आयोजना हुने बताएको छ।