हाँस्य टेलिश्रृंखला 'तीतो सत्य'मा बालकलाकारको भूमिकामा देखिएका राज आचार्य र अभिनेत्री सुनिशा बजगाईंले विवाह गरेका छन्।
निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले फेसबुकमा विवाहको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘छोरो राज र बुहारी सुनिशालाई दाम्पत्य जीवनको हार्दिक बधाई तथा शुभकामना!'
उनीहरूको विवाहमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मालगायत कलाकारहरूको उपस्थिति थियो।
केही समयदेखि प्रेममा रहेका राज र सुनिशाले 'नजिक आउन तिमी' बाेलकाे गीतमा समेत अभिनय गरेका छन्।
राज ‘तीतो सत्य’मा दीपकराज गिरी र दीपाश्री निरौलाको छोराका भूमिकामा देखिएका थिए। त्यस्तै, सुनिशा वेब सिरिज र म्यूजिक भिडिओमा व्यस्त छिन्। उनले ‘इन्टु मिन्टु लन्डनमा’ फिल्ममा अभिनय गरिसकेकी छन्।

