र्याप रियालिटी शो ‘ब्याटल भूमि’को औपचारिक घोषणा भएको छ।
पछिल्लो समय 'नेपहपको श्रीपेच' एउटा चर्चित रियालिटी शोको रूपमा स्थापित भएको छ। यो कार्यक्रम चर्चित भएपछि सोही टिमले नयाँ शोको घोषणा गरेका हुन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ‘ब्याटल भूमि’को औपचारिक घोषणा भएको हो।
आयोजकका अनुसार 'ब्याटल भूमि' नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसन मार्फत सहभागी हुन सक्नेछन्।
बुधबार बेलुकी ५ बजे देखि जुलाई २ सम्म यसको अडिसन खुल्ला रहनेछ।
सहभागीता जनाउन चाहनेले नेपाल र्यापको वेबसाइट www.nepalrap.com मा गएर डिजिटल अडिसन दिन सक्नेछन्।
डिजिटल अडिसनका लागी सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ। यस कार्यक्रममा सुदिप पोख्रेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता छन्। यस्तै निकेश खड्का यस कार्यक्रमका निर्देशक छन्।
आयोजकले मानस घले, कवि जीलाई निर्णायक (जज)को रूपमा घोषणा गरेका छन्। अर्का एक जना जज भने घोषणा हुन बाँकी छ।
यस शोका विजेतालाई ५ लाख नगद पुस्कार दिने र वर्ल्ड टुर गराइने आयोजकले जनाएको छ।