पूर्वमिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध भएकी छन्। उनी निर्णायकको रुपमा प्रतियोगीतामा आवद्ध भएकी हुन्।
आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ निर्णायकको रुपमा रहेको जानकारी दिए। श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुन्।
प्रतियोगीताको अहिले सातौं संस्करण सुरु चलिरहेको छ। यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नेछन्।
विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण बढ्दो छ।
११ असार अर्थात् २५ जुनबाट सुरु हुने प्रतियोगीताको छनौट चरणको अडिसन ९ जुलाईसम्म चल्नेछ। अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन्।
प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद ५ लाख बराबरको उपहारसहित १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता 'सुपर मोडल इन्टरनेशनल'मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।