अनुप बरालले निर्देशन गरेको फिल्म 'दोख'को ट्रेलर सार्वजनिक भएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँ बीचको किचलो देखाइएको छ। सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन्।
माओवादी द्वन्द्व कालको परिवेशमा निर्माण गरिएको फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, राज थापा काउछा, सुरज मल्ल, रोय दिभ, कमल देवकोटा, साजन थापा मगरलगायत कलाकारहरूको अभिनय छ। फिल्मको कथा राजन कठेतले तयार पारेका हुन्।
सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन्।
फिल्मको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युवराज भट्टराई रहेका छन्। शैलेन्द्र डि कार्कीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।
फिल्मलाई काठमाडौंमा जिजिए ग्रुप र काठमाडौं बाहिर एफडि कम्पनीले वितरण गर्नेछन्।
यो फिल्म असार २४ गतेदेखि प्रदर्शन हुँदैछ।