'मिस्टर एण्ड मिस एसईई सुपर मोडल, २०२२' को शीर्ष उपाधि सिद्धार्थ तामाङ र जुना श्रेष्ठले जितेका छन्।
एभरेष्ट इभेन्ट्सले आयोजना गरेको कार्यक्रममा उनीहरूले उपाधिसँगै ५० हजार रूपैयाँ, उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति, एभरेष्ट फिल्म एकेडेमीमार्फत करिब एक लाख बराबरको छात्रवृत्ति, नेपाल एयरहोस्टेस एकेडेमीमार्फत एयरहोस्टेस अध्ययन छात्रवृत्तिसँगै अन्य विभिन्न आकर्षक उपहार पाएका छन्।
त्यस्तै, कावेल लम्साल र अलिशा वाइबा तामाङ ‘फस्ट रनरअप’ बन्दा विनय राई र आकृति पोखरेल ‘सेकेन्ड रनरअप’ भए। विधागततर्फ 'ग्लोबल अनलाइन पे'मार्फत गरिएको अनलाइन भोटिङमा सर्वाधिक भोट प्राप्त गर्दै शीर्षक नेपाल, न्यिमा वाङ्गमो र प्रेशिका मल्ल ठकुरीले ‘मस्ट पपुलर’को अवार्ड हात पारेका थिए।
अविलेख राव र लसता मानन्धर ‘अर्गनाइजर च्वाइस’, ‘मिङ्गमार शेर्पा’ र जेनिया गुरुङ ‘ब्राण्ड एम्बासडर’ र पुजा थापा ‘ब्युटी वीथ ब्रेन’ घोषित भए।
प्रतियोगिताको निर्णायकमा सिल्भरस्टार इन्टरटेन्मेन्टका सिइओ, मोडल तथा कोरियोग्राफर सनिश शाक्य, फेशन कोरियोग्राफर, नायक तथा मोडल दिक्पाल कार्की, फेशन कोरियोग्राफर, नायिका तथा मोडल प्रियारानी लामा, मेकअप आर्टिस्ट तथा मोडल निलिमा पौडेल, अभ्यानी प्रोडक्सनका सिइओ अभिबिन्द खनिया र जीएसके भर्साटाएलकी सञ्चालिका तथा फेशन डिजाइनर गोमा तिवारी रहेका थिए।
आर्शु महर्जन र सुगन्धा अधिकारीको कोरियोग्राफी रहेको उक्त प्रतियोगितालाई रोजिन शाक्यले सञ्चालन गरेका थिए।