चलचित्र विकास बोर्डले नेपालका ६३ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र वितरण गरेको छ।
बिहीबार बोर्डको २२ औं वार्षिकत्सवको अवसरमा फिल्मकर्मीहरूलाई परिचयपत्र वितरण गरिएको हो। यसअघि ४० जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो।
चलचित्र विकास बोर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा उनीहरूले भिआइपी कक्ष प्रयोग गर्न पाउने छन्।
केही दिनअघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका पहलमा कलाकारलाई विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्न अनुमति दिइएको थियो।
विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेमा चैत्यदेवी सिंह, राजाराम पौडेल, सन्तोष पन्त, भुवन केसी, उज्जवल घिमिरे, किरण केसी, मदन घिमिरे, विकासराज आचार्य, ज्ञानेन्द्र देउजा, नरेन्द्र महर्जन, धिरेन शाक्य, उत्तम केसी, दयाराम दाहाल, नारायण प्रधान, गोपालकाजी कायस्थ, अर्जुन श्रेष्ठ, मनोज केसी, बनिष शाह, हिमाल केसीलगायत छन्।
यसअघि बोर्डले हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बाँस्कोटा लगायतलाई विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरिएको थियो। यो परिचयपत्र पाउने ४० फिल्मकर्मीहरूमध्ये चार जनाको निधन भइसकेको छ।
बोर्डले जारी गरेको उक्त परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किंदा विशिष्ट श्रेणीका कलाकारलाई भिआइपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ।
विशिष्ट श्रेणीको फिल्मकर्मी परिचयपत्र प्राप्त गर्नेहरूको सूची
१. चैत्यदेवी सिंह
२. मोहनलाल सराफ
३. गौरीशंकर धुजु श्रेष्ठ
४. नरेन्द्र बहादुर खड्का क्षेत्री (नरेन्द्र खड्का)
५. अर्जुन जंग शाही
६. रविप्रसाद गिरी (रवि गिरी)
७. सानुकुमार ताम्राकार
८. ऋद्धिचरण श्रेष्ठ
९. राजाराम पौडेल
१०. सन्तोष पन्त
११. मन्दिल श्रेष्ठ
१२. उज्जवलप्रसाद घिमिरे
१३. पवनप्रसाद मैनाली
१४. भुवन केसी
१५. सुन्दरलाल श्रेष्ठ
१६. शिव ढकाल
१७. विरेन्द्रनारायण श्रेष्ठ
१८. किरणकुमार केसी
१९. जुजुभाई महर्जन
२०. देशभक्त खनाल
२१. मदन घिमिरे
२२. प्रकाशचन्द्र सुवेदी
२३. एनबी महर्जन
२४. उत्तम केसी
२५. अर्जुन श्रेष्ठ
२६. गोपालकाजी कायस्थ
२७. राजेन्द्र शर्मा शलभ
२८. दिनेशराज दहाल (डिसी)
२९. धिरन शाक्य (धिरेन शाक्य)
३०. रुद्रप्रसाद पन्त (आरपी पन्त)
३१. हिमालबहादुर केसी
३२. सुशील पोखरेल
३३. डा. भोलाप्रसाद रिजाल
३४. दयाराम दाहाल
३५. बनिषविक्रम शाह
३६. नरेन्द्र महर्जन
३७. माधवप्रसाद थपलिया
३८. लक्ष्मणविक्रम बस्नेत
३९. कुलबहादुर महत
४०. उद्धवराज भट्टराई
४१. कमलकान्त सेढाई
४२. ज्योतीलाल राना
४३. मनोजकुमार आचार्य
४४. मुकुन्दकिशोर भट्टराई
४५ किशोरकुमार ढकाल
४६. नारायण प्रधान
४७. उत्तम द्वा
४८. शिवहरी नेपाल ‘वैरागी’
४९. चिरञ्जीवी बस्नेत
५०. दिर्घवीर गुरुङ
५१. लव वैष्णव (शर्मा)
५२. मनोजकुमार केसी
५३. केशवप्रसाद पण्डित ‘शुरवीर’
५४. रिता राना (रितु)
५५ सपना श्रेष्ठ
५६. प्रदिपलाल श्रेष्ठ
५७. रामकाजी घिमिरे
५८. विकास राज आचार्य
५९. विजय देउजा
६०. ज्ञानेन्द्रबहादुर देउजा (ज्ञानेन्द्र देउजा)
६१. मदनमान पति बज्राचार्य
६२. राजकुमार पोखरेल
६३. जय श्रेष्ठ
यसअघि विशिष्ट श्रेणीको फिल्मकर्मी परिचयपत्र प्राप्त गर्ने ४० जनाको सूची-
१. हरिप्रसाद रिमाल
२. यादव खरेल
३. भुवन चन्द
४. बसुन्धरा भुसाल
५. नीर शाह
६. चेतन कार्की
७. किरण खरेल
८. लक्ष्मीनाथ शर्मा
९. शुभद्रा अधिकारी
१०. शकुन्तला गुरुङ शर्मा
११. गहेन्द्र धिमाल
१२. उद्धव पौडेल
१३. मञ्जुकुमार श्रेष्ठ
१४. हरिवंश आचार्य
१५. मदनकृष्ण श्रेष्ठ
१६. वसन्त श्रेष्ठ
१७. हरिहर शर्मा
१८. शम्भुजित बाँस्कोटा
१९. मिथिला शर्मा
२०. रवीन्द्र खड्का
२१. प्रदीपकुमार उपाध्याय
२२. शिवसुन्दर श्रेष्ठ
२३. रामचन्द्र अधिकारी
२४. शुभाषप्रसाद गजुरेल
२५. लयप्रसाद संग्रौला
२६. टीकाबहादुर पहारी
२७. मोहनप्रसाद निरौला
२८. शर्मिला मल्ल
२९. मदनदास श्रेष्ठ
३०. कृष्णकुमार मल्ल
३१. राजेन्द्र खड्गी
३२. अशोक शर्मा
३३. रमेश बुढाथोकी
३४. युवराज लामा थिङ
३५. रुपा राना
३६. गणेशप्रसाद उप्रेती
३७. करिश्मा मानन्धर
३८. लक्ष्मी गिरी
३९. छविराज ओझा
४०. राजेश हमाल